नेप्से २८.३८ अंक बढेर बन्द, २१२ स्टकको मूल्य बढ्याे
काठमाडाैं, २४ असार । आइतबार नेप्से परिसूचक २८.३८ अंक बढेर २०७७.७७ विन्दुमा पुगेको छ। गत साता साढे ४ प्रतिशतभन्दा बढी घटेर बन्द भएको नेप्से यस साताको पहिलो कारोबार दिन बढेर बन्द भएको हाे ।
नेप्सेसंगै यस दिन कारोबारमा आएका २१२ स्टकको मूल्य बढेकाे छ । यस दिन सेन्सेटिभ इण्डेक्स ६.३५ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.६७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८५ अंक बढेको छ।
यस दिन २८७ स्टकको ७३ हजार ४४६ पटकको कारोबारमा ३ अर्ब ४ करोड २५ लाख ४३ हजार रुपैयाँ बराबरको ८३ लाख ५२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन रावा इनर्जी डेभलपमेन्ट कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन कम्पनीको शेयरमूल्य ३० रुपैयाँ १० पैसा बढेर ३३१ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन सिटि होटलको शेयरमूल्य साढे ९ प्रतिशत बढेको छ। कारोबारमा आएको अप्पर तामाकोशीको शेयरमूल्य यस दिन सर्वाधिक ६.६५ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन हिमालयन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको यस दिन १८ करोड ६० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन शिवम् सिमेन्ट्को १६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।
यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ४.६३ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन व्यापार उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ ।