शेयर बजारमा नेप्से र कारोबार रकम दुबै घट्यो

काठमाडाैं, २६ असार । मंगलबार शेयर बजारमा नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ।

यस दिन नेप्से परिसूचक ४.७३ अंक घटेर २०७२.२४ विन्दुमा पुगेकाे छ । यस दिन सेन्सेटिभ इण्डेक्स ०.२५ र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३३ अंक बढेको छ ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ । यस दिन २८३ स्टकको ५४ हजार ९४३ पटकको कारोबारमा २ अर्ब ८५ करोड ९४ लाख ९० हजार रुपैयाँ बराबरको ७९ लाख ८८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन तीन स्टकको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन हिमालयन पावर पार्टनर, एनआईबिएल समृद्धि फण्ड २ र रावा इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हाे ।

यस दिन लिबर्टी इनर्जी कम्पनी र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको यस दिन १२ करोड ७८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन शिवम् सिमेन्ट्सको साढे १२ करोडभन्दा बढीको शेयर किनबेच भएको छ ।

यस दिन १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ९ उपसमूहको परिसूचक घटेको छ।