मदन जयन्तीको अवसरमा काठमाडौं महानगरमा वृक्षारोपन

काठमाडौंँ, ३० असार । ७२ औं मदन भण्डारी जन्मजयन्तीको अबसरमा नेकपा (एमाले) काठमाडौं महानगर कमिटीको आयेजनमा वृक्षारोपण कार्यक्रम भएको छ । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको प्रमुख आथित्यतामा काठमाडौं महानगरपालिकाको वडा नम्बर–१३ टंकेश्वरमा वृक्षारोपण कार्यक्रम भएको हो ।

वृक्षारोपनपछि कार्यक्रमलाई सम्वोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले एमाले विपक्षमा रहे पनि सदैव जनताको हितमा केन्द्रित रहेको बताउनुभयो । जनताको स्वार्थभन्दा माथि केही नभएकाले एमालेले त्यसबाहेक अरू केही नदेख्ने दावी पनि गर्नुभयो ।

काठमाडौँ महानगर कमिटीले कालीमाटीको टङ्केश्वर क्षेत्रको विष्णुमती करिडोर टेकुमा आयोजना गरेको वृक्षरोपण कार्यक्रममा प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठ, काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख विद्यासुन्दर शाक्य, पूर्वप्रदेशमन्त्री रामेश्वर फुयाँल, एमाले काठमाडौँ इन्चार्ज आनन्द पोखरेल, जिल्ला अध्यक्ष दीपक निरौला, जिल्ला सचिव राजेश शाक्यलगायतको उपस्थित थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *