अर्जेन्टिनाले दक्षिण अफ्रिकालाई बराबरी राेक्याे

एजेन्सी, १२ साउन । वुमेन्स वर्ल्डकप २०२३ समूह ‘जी’ को खेलमा अर्जेन्टिनाले दक्षिण अफ्रिकालाई २–२ को रोमाञ्चक बराबरीमा रोकेको छ ।

दुई गोलले पछाडि रहेको अर्जेन्टिनाले वुमेन्स वर्ल्डकप २०२३ मा आक्रामक नमुना पेस गर्‍यो ।

अर्जेन्टिनाका लागि सोफिया ब्रउन र रोमाना नुनेजले गोल गरे । दक्षिण अफ्रिकाका लागि भने लिन्डा माटिहालो र थेम्बी केगाटलानाले गोल गरेका थिए ।

संयोगले महिला विश्वकपमा दक्षिण अफ्रिकाले जितेको यो पहिलो अंक हो, तर स्पष्ट जित हात पार्न नसकेकोमा उसाई पछुताउ भने रहनेछ ।

यो नतिजापछि दुवै टिम समान एक एक अंकमा समूह ‘जी’ को पुछारमा रह्यो ।