शिव शंकर रिजाल जोगिन्दरको गाईजात्रा’ कोसेली लुछाचुँडी
काठमाडाैं । हास्य कलाकार शिव शंकर रिजाल ‘जोगिन्दर’ले आउदो जाइजात्रालाई लक्षित गर्दै गाइजात्रे कमेडी ‘लुछाचुँडी’ ल्याएका छन् ।
दर्शक तथा श्रोतालाई हास्यब्याङ्ग्यको माध्यमबाट बिशुद्ध मनोरञ्जन दिने उदेश्यले उनले ‘लुछाचुँडी’ सार्वजनिक गरेका हुन् ।
ओएसआरको युट्युव च्यानल मार्फत सार्वजनिक ‘लुछाचुँडी’मा देशमा सबैको चासो र चिन्ताको बिषय रहेको भष्टाचार मुख्य मुद्धाको रुपमा निकै मार्मिक तरिकाले चिरफार गरिएको छ ।
अखण्डा भारत भित्र नेपालको भु–भाग राखिएको बिषय पनि उनको यो पटकको गाइजात्रामा परेको छ । भारतको चेपा र हेपा प्रबृती प्रति समेत उनले ब्याङ्ग्य प्रहार गर्न भ्याएका छन् ।
बिगतका बर्षहरु जस्तै यो पटक उनले आफ्नो ‘गाइजात्रे’ कोसेलीमा प्यारोडी पनि राखेका छन् । यो पटक उनले फिल्म ‘घामट शेरे’ को चर्चित गीत ‘कहिले साली मनपर्यो’लाई ‘कहिले देउवा मनपर्यो, कहिले ओली मनपर्यो’ भन्दै प्यारोडी बनाएका छन् ।
दुई दशकदेखि गाइजात्रा पर्वमा नियमित कोसेली ल्याउने गरेका रिजालको ‘लुछाचुँडी’ २१ औं कोसेली हो । गतबर्ष उनले ‘गठबन्धन’ नामक गाइजात्रे कोसेली सार्वजनिक गरेका थिए ।
यो पटक कलाकार जोगिन्दरलाई प्यारोडी गीत गायनमा प्रकाश ओझा, कर्णराज गिरी र राधिका हमालले साथ दिएका छन् । गीतका शब्द लोकराज अधिकारीले कोरेका हुन् ।