कर्मचारीको कठालो समात्ने गोलन्जोर–२ का वडाध्यक्ष दौलत प्रहरी हिरासतमा
सिन्धुली, २१ साउन। सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नं–२ का अध्यक्ष दौलत कार्कीले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा आत्मसमर्पण गरेका छन् । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले पक्राउ पुर्जी जारी गरेको झण्डै डेढ महिनापछि कार्कीले आफैँ प्रहरी कार्यालय पुगेर आत्मसमर्पण गरेका हुन् ।
गोलन्जोर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद पौडेलले आफुलाई वडाध्यक्ष कार्कीले अभद्र व्यवहार गरेको भन्दै जाहेरी दिएका थिए । थप अनुसन्धानका लागि जिल्ला अदालतमा म्याद थप्न पठाइएएको प्रहरीले जनाएको छ । कुटपिट लगायतका घटनामा बारम्बार विवादमा आइरहने वडाध्यक्ष कार्की यसअघिका घटनामा भने माफी पाउँदै आएका थिए ।