अष्ट्रेलिया र इङ्ल्याण्ड आज दोस्रो सेमिफाइनलका लागि खेल्दै

एजेन्सी, ३१ साउन । फिफा महिला विश्वकपको दोस्रो सेमिफाइनलमा आज अष्ट्रेलिया र इङ्ल्याण्डकाे खेल हुँदैछ ।

सिडनीमा हुने खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ बजे शुरु हुनेछ।

इङ्ल्याण्ड विश्वकपमा तेस्रोपटक सेमिफाइनलका लागि भिड्न लागेको हो। फिफा बरियतामा इङ्ल्याण्ड चौथो र अष्ट्रेलिया १० औँ स्थानमा छन् ।

आजको विजेताले स्पेनसँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ भने पराजित हुने टोलीले तेस्रो स्थानका लागि स्वीडेनसँग खेल्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *