श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न उपमेयर डंगोल मनमोहन अस्पतालमा

काठमाडौंँ, ८ भदौ । मेरुदण्डको नशा च्यापिएपछि शल्यक्रिया गर्नुभएका परराष्ट्रविद्, पूर्वसांसद हिरण्यलाल श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न काठमाडौंँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोल अस्पताल पुग्नु भएको छ ।

काठमाडौँको मनमोहन मेमोरियल शिक्षण अस्पताल उपचार गराइरहनु भएका श्रेष्ठलाई भेटी उपमेयर डंगोलले उहाँको पूर्ण स्वास्थ्यलाभको कामना गर्नुभएको हो ।

उहाँको स्वास्थ्य अवस्था बुझ्न नेकपा (एमाले)की उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, एमाले नेता रघुजी पन्त, कृष्णगोपाल श्रेष्ठ, कलाकार मदनकृष्ण श्रेष्ठलगायत अस्पताल पुग्नु भएको थियो ।