प्रधानमन्त्रीले भने – राजनीतिक परिवर्तनमा ‘रोल्पाको योगदान महत्वपूर्ण’

काठमाडौं १२ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राजनीतिक परिवर्तनमा रोल्पाको योगदान महत्वपूर्ण रहेकाे बताउनुभएकाे छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाउनुभएको प्रश्नको जवाफमा उहाँले राजनीतिक परिवर्तनमा रोल्पाको योगदान महत्वपूर्ण रहेकाले रोल्पाको विकास निर्माणमा सरकारले ध्यान दिएको उल्लेख गर्नुभयो ।

[bsa_pro_ad_space id=69]

प्रधानमन्त्री दाहालले भन्नुभयो । आफ्नो नेतृत्वमा सरकार गठन भएदेखि नै सामाजिक न्याय, सुशासन र सार्वजनिक सेवालाई मुख्य प्राथमिकतामा राखेको उल्लेख गर्दै उहाँले यसबाट जनतामा सकारात्मक प्रवाह भएको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले नेपालमा परापूर्वकालदेखि कायम रहँदै आएको सामाजिक एकता, सद्भाव र सामाजिक सहअस्तित्वमा खलल पार्ने कुनै पनि किसिमको कार्य हुन नदिन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । उहाँले सामाजिक सद्भावमा खलल पार्ने वा एक अर्काको संस्कृति र धर्मविरुद्ध हुने द्वेषपूर्ण कार्यलाई सरकारले कुनै हालतमा छुट नदिने स्पष्ट पार्नुभयो ।

बहुभाषिक, बहुजातीय, विविधता बोकेको नेपालमा सदियौँदेखि विभिन्न जात, जाति, वर्ण, धर्म र संस्कृतिका जनता आपसी सहकार्य तथा गहिरो सद्भावका साथ मिलीजुली बस्दै आएको तथ्य पेस गर्दै प्रधानमन्त्री दाहालले अनेकतामा एकता नेपाली मात्रको विशिष्टता नेपाली मात्रको आधारभूत चरित्र भएको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले कोही नछूटोस्, निर्दाेष कोही नपरोस् भनेर आफूले स्पष्ट रुपमा प्रहरी प्रशासनलाई निर्देशन दिएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो– “यदि अनुसन्धानका क्रममा प्रधानमन्त्री नै आउँछ भने छोड्न आवश्यक छैन ।” उहाँले आफ्नो या पराय भनेर विभेद नगरेको स्पष्ट पार्दै सबै भ्रष्टाचारमा संलग्नलाई तथ्य र प्रमाणका आधारमा करबाही गर्ने बताउनुभयो ।

[bsa_pro_ad_space id=68]