विपद्का २४ घटनामा एकको मृत्यु : ११ जना घाइते
विपद्का घटना
काठमाडौँ, कात्तिक ४ । बितेका २४ घण्टामा देशका विभिन्न स्थानमा भएका २४ वटा विपद्का घटनामा परी एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्का घटनाबाट १८ लाख दुई हजार ५०० रुपियाँ बराबरको क्षति भएको छ । उक्त अवधिमा आगलागीका १५, सर्पदंशका पाँच र जनावरको आक्रमणसम्बन्धी एउटा घटना भएका छन् ।
विपद्बाट भएको क्षतिको पूर्ण विवरण सङ्कलन भइरहेको प्राधिकरणले जनाएको छ ।
यसैबीच, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले गत असोज २५ गतेदेखि कात्तिक ४ गतेसम्म मादक पदार्थ सेवन गरी सवारी चलाउने ६७७ जना र लागुऔषध सेवन गरी सवारी चलाउने २६ जना चालकलाई कारबाही गरेको छ ।
उनीहरूलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
