पाकिस्तानले टस जित्यो, नेपालले पहिला बलिङ गर्ने

काठमाडौं, १३ भदाै । एसिया कप क्रिकेटको उद्घाटन खेलमा पाकिस्तानले पहिला ब्याटिङ गर्ने भएकाे छ ।
मुल्तान स्टेडियममा भएको खेलमा टस जितेको पाकिस्तानले पहिला ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले बलिङ गर्ने भएको हो ।
नेपालले पहिलो पटक विश्वको नम्वर वान टोली पाकिस्तानसँग खेल्न लागेको हो । नेपाल र पाकिस्तानबीचको खेल सवा ३ बजेबाट शुरु हुनेछ ।