युएईले नेपाललाई दियो १२२ रनको सामान्य लक्ष्य

काठमाडौं, ६ मङ्सिर । कतारमा जारी एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा युनाइटेड अरब इमिरेट्स (युएई) ले नेपाललाई १२२ रनको लक्ष्य दिएको छ ।

दोहास्थित विज्ञान तथा प्रविधि विश्वविद्यालयको मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएई ३९.५ ओभरमा १२१ रनमा अलआउट भयो । उसका लागि मुहम्मद शाहदादले सर्वाधिक ४०, हरप्रीत सिंहले ३२ र नुरुल्लाह अयोबीले १२ रन बनाए ।

नेपालका कप्तान सन्दीप लामिछाने र कुशल भुर्तेलले समान तीन विकेट लिए । त्यस्तै राशिद खान, नन्दन यादव र ललितनारायण राजवंशीले एक–एक विकेट लिए ।

प्रतियोगितामा नेपाल र युएई दुवै पहिलो जितको खोजीमा छन् । नेपाल पहिलो खेलमा भारत ‘ए’सँग तथा युएई पाकिस्तान ‘ए’सँग पराजित भएका थिए । आठ टोली सहभागी प्रतियोगितामा नेपाल समूह ‘बी’ मा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *