टिकटक लभर्सको रक्तदान र आँखा शिविर कार्यक्रम सम्पन्न

काठमाडौं, १४ भदौ । टिकटक लभर्स परिवारले सेवा नै धर्म हो भन्ने अभियान अन्र्तरगत आँखा शिविर, रक्तदान जस्ता परोपकारी काम गर्दै आएको छ । रगतको कमिले कसैले पनि जिवन गुमाउन नपरोस् भन्ने उदेश्यसहित ‘बाँचौं र बचाऔं’ भन्ने अभियानसमेत सञ्चालन गर्दै आएको यो संस्थाले हाम्रो चिनारी तथा सांस्कृतिक जगेर्ना अभियानलाई पनि सँगसँगै लैजादैँ आएको छ ।

टिकटक लभर्स परिवार के्ही दिन अघि यहि अभियान अन्र्तरगत परोपकार आदर्श माध्यमिक विद्यालय भिमसेनस्थान परिसरमा पहिलो आँखा शिविर र दोस्रो रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

उक्त रक्तदान कार्यक्रममा १७ जनाले रक्तदान गरेका थिए । त्यसैगरी निशुल्क आँखा शिविरबाट १ सय ४५ जनाले सेवा लिएका थिए । आँखा शिविरबाट २ जनाले तिलगंगा आँखा अस्पताल मा (मोतिबिन्दु र आँखाको समस्या) उपचारमा ५० प्रतिशत छुट को व्यवस्था गरिएको पनि सो संस्थाले जानकारी दिएको छ । उक्त संस्थाले आगामी दसैँ, तिहार र छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान एवं नेवाः संस्कृति अनुसार समयबजी कार्यक्रमको आयोजना गर्ने पनि संस्थाले जानकारी दिएको छ ।