एसिया कप क्रिकेटमा भारतले पाकिस्तानलाई दियो २६७ रनको लक्ष्य
काठमाडौं, १६ भदौ । एसिया कप क्रिकेटमा भारतले पाकिस्तानलाई २६७ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४८.५ ओभरमा सबै विकेट गुमाउँदै पाकिस्तानलाई २६७ रनकाे लक्ष्य दिएको हाे ।
भारतका लागि हार्दिक पाण्डेयले ८७ र इसान किसानले ८२ रन बनाए । पाकिस्तानका साहिन शाह अफ्रिदीले ४ तथा नसिम शाह र हरिस रउफले समान ३/३ विकेट लिए ।
कमजोर सुरुवात गरेको भारतका रोहित शर्मा ११, शुभमन गिल १० र विराट कोहलीले जम्मा ४ रन जोडेका थिए । त्यस्तै श्रेयस एयरले १४, रविन्द्र जडेजाले १४, जसप्रित बुम्राहले १६, कुलदिप यादवले ४ र शार्दुल ठाकुरले ३ रन लिए ।