निरन्तर घट्यो नेप्से

काठमाडाैं, १७ भदाै । आइतबार नेप्से परिसूचक घटेर बन्द भएको छ। यस दिन नेप्से परिसूचक २९.८१ अंक घटेर १९६०.७८ विन्दुमा झरेको छ।
यस दिन सेन्सेटिभ इण्डेक्स ५.०९ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.९८ अंक र सेन्सेटिभ इण्डेक्स १.६८ अंक घटेको छ। यस दिन नेप्से परिसूचक घटेपनि कारोबार रकम सामान्य बढेको छ।
यस दिन २७६ स्टकको ३७ हजार ४१ पटकको कारोबारमा १ अर्ब १८ करोड ६६ लाख रुपैयाँ बराबरको ४० लाख ५३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन नेप्से घटेपनि थ्रीस्टार हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सो कम्पनीको शेयरमूल्य २३ रुपैयाँ १० पैसा बढेर २५४ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ।
यस दिन दुई स्टकको नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन लिबर्टी इनर्जी र सिटि होटलको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, यस दिन ग्रीन भेन्चर्स र कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा यस दिन सोल्टी होटल शीर्ष स्थानमा रहेको छ। सो होटलको यस दिन ३ करोड ८८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये यस दिन सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक ३.०३ प्रतिशत घटेको छ।