एसिया कप क्रिकेट : आज नेपालले भारतसंग खेल्दै

काठमाडौं, १८ भदाै । एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले आज भारतसँग खेल्दैछ।

श्रीलंकाको क्यान्डीमा हुने भारतसंगकाे खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ । ​

डेब्यू खेलमा पाकिस्तानसँग २ सय ३८ रनको फराकिलो हार व्यहोरेको नेपालले दोस्रो खेलमा भारतविरुद्ध जित निकाल्दै सुपर फोरमा पुग्न चाहन्छ।

सन् २०१७ मा एसिसी यु १९ एसिया कपमा नेपालले भारतलाई १७ रनले हराएको थियो। त्यस समयमा पनि समूह ए मा भारतलाई हराउँदै नेपालले दोस्रो चरणमा स्थान बनाएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *