तीन काराेबारपछि नेप्सेमा सामान्य अंककाे वृद्धि

काठमाडाैं, १८ भदाै । सोमबार नेप्सेमा तीन काराेबारपछि सामान्य अंककाे वृद्धि भएकाे छ । यस दिन नेप्से परिसूचक ७.०४ अंक बढेर १९६७.८३ विन्दुमा पुगेको छ।
त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.०९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.४१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२८ अंक बढेको छ।
नेप्से बढेपनि यस दिन कारोबार रकम भने सामान्य घटेको छ। अघिल्लो कारोबार दिन १ अर्ब १८ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २७० स्टकको ३२ हजार ५३३ पटकको कारोबारमा १ अर्ब ९ करोड ९१ लाख रुपैयाँ बराबरको ३४ लाख ३२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
नेप्से सामान्य अंक बढेसँगै यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन थ्रीस्टार हाइड्रोपावर र डोल्टी पावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
यस दिन ग्रीन भेन्चर्स, रु रु जलविद्युत परियोजना, आशा लघुवित्त र अप्पर साङ्गे हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन लिबर्टी इनर्जीको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ । यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.०६ प्रतिशत बढेको छ। अन्य उपसमूहहरुको वृद्धिदर भने १ प्रतिशतभन्दा कम रहेको छ।