भारतविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने

काठमाडौं, १८ भदाै । एसिया कप क्रिकेटमा नेपालले भारतविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

श्रीलंकाको पालेकेले इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर भारतले नेपाललाई पहिला ब्याटिङका लागि निम्तो दिएको हो ।

यसअघि भारत र पाकिस्तानले खेलेकै मैदानमा नेपाल र भारतको खेल खेलाइँदै छ । नेपालले विश्व क्रिकेटको पावरहाउस भारतसँग पहिलो पटक खेल्न लागेको हो ।

एसिया कपअन्तर्गत नेपाल पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको थियो ।