१७ ओभर सकिदा दुई विकेट गुमाएर ८७ रन बटुल्दै नेपाल
काठमाडौं १८ भदौ । एसिया कपमा नेपालले टेष्ट राष्ट्र भारतविरुद्ध राम्रो सुरुवात गरे पनि विस्तारै कमजोर प्रर्दशन गर्न थालको छ । ९.५ ओभरमा पहिलो विकेट गुमाएको नेपालले १५.६ ओभरमा दोस्रो विकेट गुमाएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले साझेदारी बढाउँदै लगेका थिए । पहिला कुशल भुर्तेल आउट भएका थिए भने त्यसपछि भीम सार्की आउट भएका हुन् । रवीन्द्र जदेदाको बलमा ७ रन बनाई आउट भएका हुन् । अहिले नेपालको तर्फबाट क्याप्टेन रोहित पौडेल व्याटिङ गर्न मैदान छिरेका छन् ।
