२१ ओभर सकिदा तीन विकेटको क्षतिमा ९९ रन बटुल्दै नेपाल
काठमाडौं १८ भदौ । एसिया कपमा नेपालले टेष्ट राष्ट्र भारतविरुद्ध राम्रो सुरुवात गरे पनि विस्तारै कमजोर प्रर्दशन गर्न थालको छ । ९.५ ओभरमा पहिलो विकेट गुमाएको नेपालले १५.६ ओभरमा दोस्रो विकेट गुमाएको छ ।
१९. ६ ओभरमा रवीन्द्र जदेजाको बलमा ५ रन जोड्दै नेपालका क्याप्टेन रोहित पौडेल आउट भए । टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले साझेदारी बढाउँदै लगेका थिए ।
पहिला कुशल भुर्तेल आउट भएका थिए भने त्यसपछि भीम सार्की आउट भए । रवीन्द्र जदेदाको कै बलमा ७ रन बनाई सार्की आउट भएका थिए । त्यसपछि पौडेल आउट भएका हुन् । अहिले नेपालको तर्फबाट कुशल मल्ल व्याटिङ गर्न मैदान छिरेका छन् ।
