२१ ओभर सकिदाँ चार विकेटको क्षतिमा १०० रन बटुल्दै नेपाल

काठमाडौं १८ भदौ । एसिया कपमा नेपालले टेष्ट राष्ट्र भारतविरुद्ध राम्रो सुरुवात गरे पनि विस्तारै कमजोर प्रर्दशन गर्न थालेको छ । ९.५ ओभरमा पहिलो विकेट गुमाएको नेपालले १५.६ ओभरमा दोस्रो विकेट गुमाएको थियो ।

१९. ६ ओभरमा रवीन्द्र जदेजाको बलमा ५ रन जोड्दै नेपालका क्याप्टेन रोहित पौडेल आउट भए । टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले साझेदारी बढाउँदै लगेका थिए । पहिला कुशल भुर्तेल आउट भएका थिए भने त्यसपछि भीम सार्की आउट भए ।

रवीन्द्र जदेदाकै बलमा ७ रन बनाई सार्की आउट भएका थिए । त्यसपछि पौडेल आउट भएका हुन् । त्यसपछि नेपालको तर्फबाट कुशल मल्ल व्याटिङ गर्न मैदान छिरेका थिए । उनलाई पनि रवीन्द्र जदेदाले नै पाँच रन जोड्दै गर्दा आउट गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *