नेपालले भारतलाई दियो २३१ रनको लक्ष्य

काठमाडौं, १८ भदौ । एसिया कपमा नेपालले टेष्ट राष्ट्र भारतविरुद्ध भारतलाई २३१ रनको लक्ष्य दिएको छ ।

नेपालले भारतविरुद्ध शानदार ब्याटिङ गर्दै ४८.२ ओभरमा सबै विकेट गुमाएर २३० बनाएको छ ।

नेपालका लागि ओपनर आसिफ शेखले अर्धशतक बनाए । ओपनर कुशल भुर्तेलसँग पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेका आसिफले ८ चौकाको मद्दतमा ५८ रन बनाए ।

अलराउण्डर सोमपाल कामीले महत्वपूर्ण इनिङ खेले । दिपेन्द्रसिं ऐरी र सन्दीप लामिछाने साझेदारी गरेका सोमपालले दुई छक्का र एक चौका सहित ४८ रन जोडे ।

ओपनर कुशल भुर्तेलले २५ बलमा दुई छक्का र तीन चौकाको मद्दतमा २५ बलमै ३८ रन जोडे । दिपेन्द्र सिंह ऐरी २९ र गुल्सन झा २३ रन बनाएर आउट भए । भीम सार्की ७, कप्तान रोहितकुमार पौडेल ५ र कुशल मल्ल दुई रनमै आउट भए ।

नेपालले २२८ रन जोड्दा आठौं विकेटका रुपमा सोमपाललाई गुमाएको थियो ।