१४५ रनको लक्ष्य विना विकेट क्षति ‍‍‍२०.१ ओभरमा पूरा गर्दै भारत विजयी

काठमाडौं, १८ भदौ । एसिया कपमा नेपालले टेष्ट राष्ट्र भारतविरुद्ध राम्रो सुरुवात गरे पनि अन्तिममा भने नतिजा आफ्नो पक्षमा पार्न असफल भयो । भारतसँग १० विकेटको पराजयसँगै नेपाल एसिया कपबाट बाहिरिन बाध्य भयो ।

श्रीलंकामा सोमबार भएको खेलमा वर्षाले अवरुद्ध भएपछि २३ ओभरमा खेल घटाइएको थियो । खेलमा भारतले पाएको १४५ रनको लक्ष्य विना विकेट क्षति ‍‍‍२०.१ ओभरमा भेट्टायो ।