नेप्से परिसूचक पुनः ओरालोमा

काठमाडाैं, १९ भदाै । मंगलबार नेप्से परिसूचक घटेर बन्द भएको छ। सोमबार ७ अंक बढेर बन्द भएको नेप्से पुनः ओरालो लागेकाे हाे ।

यस दिन नेप्से परिसूचक ६.४५ अंक घटेर १९६१.३७ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.४७ अंक घटेको छ ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। यस दिन २७७ स्टकको २५ हजार २२७ पटकको कारोबारमा ७९ करोड ६८ लाख ७० हजार रुपैयाँ बराबरको २४ लाख ८० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्से घटेपनि यस दिन एनएमबि माइक्रोफाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सो लघुवित्तको शेयरमूल्य ५१ रुपैयाँ बढेर ५६१ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

त्यसैगरी, यस दिन नेरुडे लघुवित्तको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ भने इङ्गवा हाइड्रोपावरको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ। यस दिन सो इन्स्योरेन्सको ७ करोड ५८ लाख रुपैयाँ बराबरको संस्थापक शेयर खरिदबिक्री भएको छ।

यस दिन १३ उपसमूहमध्ये दुई उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक ०.४६ प्रतिशत बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०.३८ प्रतिशत बढेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *