एसिया कप खेलेर फर्किए नेपाली टाेली, विमानस्थलमा भव्य स्वागत
काठमाडौं, २० भदाै । पाकिस्तान र श्रीलंकामा जारी एसीसी एसिया कप क्रिकेट प्रतियोगिता खेलेर फर्किएका नेपाली राष्ट्रिय क्रिकेट टाेलीलाई भव्य स्वागत गरिएको छ ।
नेपाली क्रिकेट टाेलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार सशस्त्र प्रहरीको बाजागाचासहित नेपाल क्रिकेट संघका पदाधिकारीहरूले स्वागत गरेका हुन् ।
समूह ‘ए’ मा रहेको नेपालले एसिया कपमा पाकिस्तान र भारतविरुद्ध पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्ने अवसर पाएको थियो । दुवै खेलमा पराजय भोगेकाे नेपाली टिमको प्रदर्शनको चौतर्फी प्रशंसा भइरहेकाे छ।