रामेछापका ५९ विद्यालयमा अखिल कमिटी, प्रथम अखिल महोत्सव गर्दै अनेरास्ववियु

रामेछापा, २२ भदौ । नेकपा (एमाले)को भ्रातृ संनसंगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) रामेछापले संगठन निर्माण र विस्तारलाई तीव्रता दिएको छ । माध्यमिक विद्यालयहरुमा प्रारम्भिक कमिटी गठन उच्च माध्यमकि तहमा क्याम्पस कमिटी गठनको कामलाई अखिल रामेछापले तीव्रता दिएको हो ।
अनेरास्ववियु रामेछापका संयोजक मदन खड्काका अनुसार हालसम्म ५९ वटा विद्यालयहरुमा कमिटी गठन गरिएको छ ।

जिल्लाका ८ वटै पालिकामा विद्यालय स्तरीय कमिटी गठन र संगठन निर्माणको काम तीव्र रुपमा भइरहेको संयोजक खड्काले जानकारी दिनुभयो । उहाँ अनुसार मन्थली नगरभित्रका १९ वटा, खाँडादेवी गाउँपालिका भित्रका १२ वटा, दोरम्बा शैलुङ गाउँपालिका भित्रका ४ वटा र सुनापति गाउँपालिका भित्रका २ वटा विद्यालयमा कमिटी निर्माण गरिएको छ ।

त्यस्तै, रामेछाप नगरपालिका भित्रका ९ वटा, लिखुतामाकोशी गाउँपालिका भित्रका ९ वटा, गोकुलगंगा गाउँपालिका भित्रका ७ वटा उमाकुण्ड गाउँपालिका भित्रका ४ वटा विद्यालयमा अखिल रामेछापले कमिटी गठन गरेको छ ।

‘अहिले अनेरास्ववियु रामेछाप जुरुक्क उठेको अवस्था छ, शैक्षिक मुद्दाहरुमा बसह पैरवी गर्नेदेखि विद्यार्थी हकहितका विषयहरुमा केन्द्रित रहेर अभियान चलाइरहेका छौँ’ संयोजक खड्काले भन्नुभयो, ‘रचनात्मक क्रियाकलापमा पनि हामी केन्द्रित छौँ, क्याम्पसहरुमा पनि हाम्रो अभियान अघि बढेको छ ।’

भदौ २९ र ३० गते अखिल रामेछापले ‘प्रथम अखिल महोत्सव’ पनि आयोजना गर्दैछ । अनेरास्ववियु रामेछापले ‘प्रथम अखिल महोत्सव’को तयारी पनि तीव्र पारेको छ । महोत्सवसँगै अनेरास्ववियु रामेछापको अधिवेशन पनि हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *