सुनिता भट्टराईको तिज बबाल

काठमाडौं। फिजियो थेरापी मार्फत नेपालको स्वास्थ्य क्षेत्रमा अब्बल योगदान दिदैआएकी स्वास्थ्यकर्मी सुनिता भट्टराई अव गायिका पनि बनेकी छन्। नेपाली हिन्दू नारीहरुको महान पर्व तिजको अवसरमा सार्वजनिक भएको तिज गीतवाटै गायनमा स्वास्थ्यकर्मी भट्टराईको डेब्यु भएको हो।
स्वास्थ्यकर्मी भट्टराईले गाएको तिज गीतको बोल नै तिज बबाल–तिमी बबाल–म नि बबाल रहेको छ। जसमा गायिका भट्टराईलाई युगल गायनमा गायक कर्साङ लामाको साथ छ। नेपाली चलचित्र उद्योगमा एकताका अत्यन्त ख्यातिप्राप्त अभिनेत्री प्रिया रिजालको लामो समयपछि गायिका भट्टराईको तिज बबाल गीतको भिडियोवाट कमब्याँक भएको छ। साथमा रोहित रुम्बा, गायिका भट्टराई, सरोज शर्मा लगायतका कलाकारहरुको अभिनय हेर्न पाइन्छ।
गीतको भिडियो निर्देशन जनक वहादुर कार्की र गीतको शव्दसंगीत टेकेन्द्र कार्कीको छ। निर्माण तिरुपति पिक्चर्सका लागि सरोज शर्मा र सुनिता भट्टराई गरेका छन्।