नेप्से ४४.३० अंक बढ्यो, कारोबार रकम १ अर्ब ५१ करोड

काठमाडाैं, २५ भदाै । सोमबार नेप्से परिसूचक बढेर बन्द भएको छ।

यस दिन नेप्से परिसूचक ४४.३० अंक बढेर १९८६.९९ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ७.७३ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.१९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८० अंक बढेको छ।

यस दिन नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। यस दिन २७८ स्टकको ३७ हजार ७९९ पटकको कारोबारमा १ अर्ब ५१ करोड ८३ लाख रुपैयाँ बराबरको ४७ लाख ४२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन थ्रीस्टार हाइड्रोपावर र मेन्छियाम हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

यस दिन मोलुङ हाइड्रोपावर र सिद्धार्थ प्रिमियम इन्स्योरेन्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन हिमालयन एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयरको मूल्य सर्वाधिक ७.७२ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन साल्ट ट्रेडिङ्ग कर्पोरेशन शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६२ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।

सोमबार १३ वटै उपसमूहको परिसूचक बढेको छ। भने होटल उपसमूहको परिसूचक यस दिन सर्वाधिक ३.४५ प्रतिशत बढेको छ।