नेप्से पुनः १९.४२ अंकले ओरालो लाग्यो

काठमाडाैं, २६ भदाै । मंगलबार नेप्से पुनः घटेर बन्द भएको छ। साताको पहिलो दुई कारोबार दिन सकारात्मक भएर बन्द भएको नेप्से यस दिन घटेर बन्द भएकाे हाे ।
यस दिन नेप्से परिसूचक १९.४२ अंक घटेर १९६७.५७ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.५० अंक घटेको छ ।
यस दिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन साढे १ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २७६ स्टकको २६ हजार ३०२ पटकको कारोबारमा १ अर्ब १३ करोड ५० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
नेप्से घटेपनि यस दिन एक स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन शुभम पावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, यस दिन सामलिङ्ग पावर कम्पनीको शेयरमूल्य साढे ७ प्रतिशत बढेको छ भने थ्रीस्टार हाइड्रोपावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
कारोबार रकमका आधारमा यस दिन नेपाल एसबिआई शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ७ करोड ५६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये यस दिन एक उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.०४ प्रतिशत बढेको छ।