सिट्रोनको २०८० फेस्टिभ स्किम सार्वजनिक

काठमाडौँ, भाद्र २७ । नेपालको लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले आफ्नो फेस्टिभ स्किम २०८० सार्वजनिक गरेको छ ।

नाडा अटो शोमा सिट्रोनका गाडीहरु बुकिङ गर्ने ग्राहकहरुको लागि २५,००० रुपैँयासम्मको आकर्षक उपहारको व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ ।

[bsa_pro_ad_space id=69]

भृकृटीमन्डपमा हिजोदेखि सुरू भएको नाडा अटो शोमा कम्पनीले आफ्नो फेस्टिभ स्किम पनि सार्वजनिक गरेको छ । यो स्किम अन्तर्गत सिट्रोन सि३ किन्न चाहने ग्राहकहरूले आकर्षक नगद छुटका साथै निःशुल्क बीमा र निःशुल्क करको सुविधा पनि पाउन सक्नेछन् ।

त्यस्तै सिट्रोनको विद्युतिय गाडी इ सि३ खरिद गर्न चाहने ग्राहकवर्गहरुले पनि निःशुल्क बीमा र निःशुल्क सडक करको सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।

यी अफरहरुको साथै ग्राहकवर्गले नाडा अटो शो भरी निशुल्क कार वासर पनि प्राप्त गर्न सक्नेछन् । नाडा अटो शो शनिबारसम्म सञ्चालन हुनेछ ।

[bsa_pro_ad_space id=68]