फेरी बढ्यो प्रेटाेलियम पदार्थकाे मूल्य

काठमाडौं, ३० भदौ । नेपाल आयल निगमले प्रेटाेलियम पदार्थकाे मूल्य बढाएको छ ।

शुक्रबार मध्यरातीबाट लागू हुने गरी पेट्रोलमा लिटरको १ रुपैयाँ तथा डिजल र मट्टीतेलमा लिटरको ३ रुपैयाँ मूल्य बढाएको निगमले जनाएको छ ।

मूल्य वृद्धिसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर पहिलो वर्गमा १८०.५०, दोस्रो वर्गमा १८२ र तेस्रो वर्गमा १८३ रुपैयाँ पुगेको छ ।

त्यस्तै, डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर पहिलो वर्गमा १६०.५०, दोस्रो वर्गमा १७२ र तेस्रो वर्गमा १७३ रुपैयाँ पुगेको निगमले जनाएको छ ।