पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

मोरङ, ३० भदौ । मोरङ मा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।
मोरङको ग्रामथान गाउँपालिका –२ स्थित रम्भा देवको माछा पोखरीमा डुबेर १२ वर्षकी समीक्षा माझी र १० वर्षकी रेजिना खवासको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार बालिकाहरु डुबेर घाइते भएको अवस्थामा शनिबार बिहान स्थानीय बासिन्दाले फेला पारेका थिए ।
घाइते बालिकालाई लगतै कोसी अस्पतालमा ल्याइएकामा चिकित्सकले उनीहरुलाई मृत घोषित गरेका थिए ।