जेनरल कमेन्ट २६ सम्बन्धि वहसकाे प्रारम्भ

काठमाडाैं, ३० भदौ । चाईल्ड नेपालले आफ्नाे सामाजिक परिक्षण तथा ५९ औं राष्ट्रिय बाल दिवसकाे सन्दर्भ पारेर संयुक्त राष्ट्र संघिय बाल अधिकार समितिबाट जारी भएकाे जेनरल कमेन्ट २६काे वहस नेपालमा प्रारम्भ गरेकाे छ ।

वातावरण र बालबालिकाकाे विषयलाई केन्द्रीकृत गरी आएकाे यस जेनरल कमेन्टकाे परिचयात्मक प्रस्तुति चाईल्ड नेपालका कार्यक्रम संयाेजक साैगातजंग पाण्डेले गर्नुभएकाे थियाे ।

प्रस्तुतिमा जेनरल कमेन्ट के हाे, जेनरल कमेन्ट २६ काे महत्व, यसमा समावेश भएका सवालहरुका साथै यसकाे प्रभावकारी कार्यान्वयनमा नेपाल सरकार, नागरिक समाज तथा सराेकार निकायहरुकाे भुमिकाकाे विषयमा चर्चा गराउनुभएकाे थियाे ।

प्रस्तुति पश्चात सहभागीहरुले याे विषयमा चर्चा गर्ने क्रममा याे जेनरल कमेन्टले अहिलेकाे ज्वलन्त विषयकाे उठान गरेकाे बताउनुभयाे ।

वातावरण र जलबायु परिवर्तनका कारण धेरै बालबालिका समस्यामा रहेकाे र यसकाे लागि नेपाल सरकार र सम्बन्धित निकायले यथाशीघ्र नीति तथा कार्यक्रम सञ्चालनमा ल्याउनुपर्नेमा जाेड दिनुभयाे ।

कार्यक्रममा बाेल्दै संस्थाका कार्यकारी निर्देशक माेहन दँगालले अबकाे वकालतकाे विषयनै वातावरण र जलवायु न्यायकाे विषय हाे भनेर जाेड दिनुभयाे ।

संस्थाका अध्यक्ष डा. कृष्ण सुवेदिले जेनेरल कमेन्ट २६ ले बालबालिका र वातावरणकाे सवाललाई थप स्पष्ट पार्न मद्दत गरेकाे र नेपाल सरकार र नागरिक समाजलाई कार्यक्रम याेजना गर्न सहजीकरण गर्ने बताउनुभयाे ।