कोशीका हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना, देशभर मौसम मुख्यतया सफा

काठमाडौँ, ११ मङ्सिर । देशमा हाल कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल हिमाली क्षेत्रमा आंशिक बदली रहेको छ भने तराईका केही भूभागमा हुस्सु तथा तुवाँलो लागेको छ।

महाशाखाले सार्वजनिक गरेको बुलेटिनअनुसार आज दिउँसो कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। यद्यपि, कोशी प्रदेशका हिमाली भेगका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।

आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८ देखि १० डिग्री सेल्सियस र अधिकतम तापक्रम २२ देखि २४ डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ।

त्यस्तै, आज राति कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका साथै कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने र अन्य स्थानमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

भोलि शनिबार बिहान भने उपत्यका र खोँचका साथै तराई भेगका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *