एसिया कप क्रिकेटकाे उपाधि भारतकाे पाेल्टामा

काठमाडाैं, ३१ भदाै । एसिया कप क्रिकेट २०२३ को उपाधि भारतले आफ्नाे पाेल्टामा पारेकाे छ।
आइतबार कोलम्बोमा भएको फाइनल भिडन्तमा घरेलु टिम श्रीलंकालाई १० विकेटले पराजित गर्दै भारत आठौं पटक एसिया कपकाे उपाधि हात पारेकाे हाे ।
श्रीलंकाले दिएको ५१ रनको लक्ष्य भारतले विकेट नगुमाइ ६.१ ओभरमा पार गर्यो। भारतका लागि इशान किसनले नटआउट २३ रन र शुभमन गिलले नटआउट २७ रन जोडे।
यस्तै हार्दिक पाण्ड्याले २.२ ओभरमा ३ विकेट लिए भने जसप्रति बुमराहले १ विकेट हात पारे। श्रीलंकाको ब्याटिङ लाइनअप ध्वस्त पार्न भारतका मोहमद सिराजले ६ विकेट लिए। करिअरको उत्कृष्ट बलिङ गरेका उनले ७ ओभरमा एक मेडन राख्दा २१ रन खर्चिए।
श्रीलंका लगि कुशल मेन्डिसले १७ रन र डुशान हेमन्थले नटआउट १३ रन जोड्दा ९ ब्यट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भएका थिए।
सिराजले चौथो ओभरमा चार विकेट लिएका थिए। उनले सो ओभरको पहिलो बलमा पाथुन निशंकालाई २ रनमा रविन्द्र जडेजाबाट क्याच गराए।
चौथो बलमा चारिथ असालंकालाई शून्यमा इशान किसनबाट क्याच गराए। यस्तै छैटौं बलमा उनले धनन्जय डि सिल्भालाई ४ रनमा केएल राहुलको हातबाट क्याच गराएका थिए।
त्यसअघि श्रीलंकाले इनिङको तेस्रो बलमा कुशल परेरालाई गुमाएको थियो। उनी जसप्रित बुमराहको बलमा आउट भएका थिए। श्रीलंकाले चौथों ओभर सकिदा ५ विकेट गुमाउँदा सुरुवातै संकटमा परेको थियो।