शिक्षक महासंघले गरेको विद्यालय बन्दको घोषणा प्रती कन्सोर्टियम नेपालको आपती

काठमाडाैं, १ असाेज । शिक्षक महासंघले गरेको विद्यालय बन्दको घोषणाप्रति बालबालिकासंग प्रत्यक्ष सराेकार राख्ने संस्था कन्सोर्टियम नेपालले आपती जनाएकाे छ ।

कन्सोर्टियम नेपालले हिजाे एक विज्ञप्ति जारी गर्दै संसदमा दर्ता भएको शिक्षा विधेयकप्रति असन्तुष्ट जनाउदै सार्वजनिक रुपमा शिक्षक महासंघले गरेको विद्यालय बन्दको घोषणाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएकाे हाे ।

कन्सोर्टियम नेपालको ध्यानाकर्षण पत्रमा भनिएकाे छ “बालबालिकाको सर्वोत्तम हितकोलागि अत्यन्तै सजग र क्रियाशील हुनुपर्ने शिक्षक महासंघले यस घोषणासँगै नेपालले अन्तराष्ट्रिय जगतमा गरेका बालअधिकार सम्बन्धी प्रतिवद्धताहरूको सही कार्यान्वयन गर्ने दायित्वबाट पनि टाढा उम्कन खोज्दैछ ।”

“सरोकारवाला निकायहरुले विभिन्न सवालहरुमा आफ्नो फरक मत व्यक्त गर्न सक्दछन् र आफ्नो धारणा बनाई विरोध पनि गर्न सक्छन् । तर ति विरोधहरुले विद्यालय र बालबालिकाको शिक्षा पाउने अधिकारमा प्रत्यक्ष असर गर्नु नेपालको संविधानमा उल्लेखित मौलिक हकहरुको हनन् र प्रचलित कानुन विपरित कार्य पनि हो” ।

कन्सोर्टियम नेपालले बालबालिकाहरू शान्तिपुर्ण वातावरणमा रम्न, शिक्षा हासिल गर्न तथा आफ्नो विकास गर्न पाउने अधिकार भएकाे भन्दै विद्यालय वन्दको उपयुक्त सृजनात्मक विकल्पको खोजी गर्न, विद्यालय बन्द कार्यक्रम तुरुन्त फिर्ता लिन शिक्षक महासंघलाई विज्ञप्ति मार्फत अनुराेध गरिएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *