सामान्य अंक बढेर बन्द भयो नेप्से

काठमाडाैं, १ असाेज । सोमबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ।
यस दिन नेप्से परिसूचक ४.२६ अंक बढेर १९६९.१८ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.०४ अंक र फ्लोट इण्डेक्स ०.२० अंक बढेको छ ।
नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। यस दिन २७१ स्टकको ४२ हजार २४ पटकको कारोबारमा ८७ करोड ४ लाख ४४ हजार रुपैयाँ बराबरको २८ लाख ७४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन इमर्जिङ्ग नेपाल लिमिटेड र थ्रीस्टार हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन इमर्जिङ्ग नेपालकाे शेयरमूल्य ९५ रुपैयाँ ८० पैसा बढेको छ भने थ्रीस्टारको ३३ रुपैयाँ ७० पैसा बढेको छ।
यस दिन भुगोल इनर्जीको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ। यस दिन शुभम् पावरको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
कारोबार रकमकाे आधारमा यस दिन रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको यस दिन ९ करोड ३८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन एनआईसी एशिया बैंकको ४ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।
१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ।