नेप्से परिसूचक ४४.३४ अंक बढ्यो

बिहीबार नेप्से परिसूचक बढेर बन्द भएकाे छ । यस दिन नेप्से परिसूचक ४४.३४ अंक बढेर २०२९.७८ विन्दुमा पुगेको हाे ।

यस दिन सेन्सेटिभ इण्डेक्स ७.५५ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.९७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२७ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। यस दिन २७८ स्टकको १ लाख १९ हजार ३५९ पटकको कारोबारमा ३ अर्ब २९ करोड ३९ लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ६४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

बिहीबार १० स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन नेशनल हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर, स्वाभिमान लघुवित्त, हिमाल दोलखा हाइड्रोपावर, मन्दाकिनी हाइड्रोपावर, थ्रीस्टार हाइड्रोपावर, न्यादी हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, अरुण काबेली हाइड्रोपावर, आँखुखोला जलविद्युत कम्पनी लगायतका स्टकहरु सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

कारोबार रकमका आधारमा यस दिन सन नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको यस दिन २० करोड १८ लाख ३६ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन रिलायबल नेपाल लाइफको करिब १४ करोडको शेयर कारोबार भएको छ भने शिवम् सिमेन्ट्सको साढे १० करोडको शेयर किनबेच भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ५.३१ प्रतिशत बढेको छ।