क्यान अध्यक्षमा चन्द पुनःनिर्वाचित, सचिवमा पारस

काठमाडौँ, ६ असोज । नेपाल क्रिकेट सङ्घ (क्यान) को अध्यक्ष पदमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित हुनुभएको छ । क्यानको आज भएको निर्वाचनमा चन्द पुनःअध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । सङ्घको उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा कर्णाली प्रदेश क्रिकेट सङ्घका अध्यक्ष पद्म खड्का निर्विरोध निर्वाचित हुनुभयो ।

महिला सदस्यमा जयन्ती भट्र्ट निर्विरोध निर्वाचित हुनुभयो । सदस्य पदमा लुम्बिनी प्रदेशबाट प्रदीप मजगैँया र कर्णालीका श्रीधर केसी पनि सर्वसम्मत चयन हुनुभयो ।

क्यानको सचिवमा नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का विजयी हुनुभएको छ । कुल खसेको ८५ मतमध्ये पारसले ४८ मत ल्याउनु भएको हो । प्रशान्त विक्रम मल्लले ३७ मत ल्याउनुयभो ।
केन्द्रीय सदस्यमा महिलातर्फ जयन्तीदेवी भट्टको मात्र उम्मेदवारी परेको थियो । त्यसैगरी लुम्बिनीबाट प्रदीप मजगैंया र कर्णालीबाट श्रीधर केसी पनि निर्विरोध केन्द्रीय सदस्य हुनुभयो । कोशीबाट अर्जुन पौडेलले मधेस प्रदेशमा गोला प्रथाबाट माधवकुमार कर्माचार्य विजयी हुनुभयो । बाग्मतीबाट दिवाकर घले निर्वाचित हुनुभयो । गण्डकीबाट सुदीप शर्मा, सुदूरपश्चिममा विक्रम विष्ट, खुल्ला ५ केन्द्रीय सदस्यमा धीरेन्द्र साउद, दुर्गाराज पाठक, आयूष श्रेष्ठ, विरेन्द्रबहादुर चन्द विजयी हुनुभयो । पाचौंमा करन महत्रा क्षेत्री र ऋषिराम गौतमको बराबर २६–२६ मत आएको थियो । गोला प्रथाबाट करनलाई विजयी घोषित गरिएको छ ।