नेप्से परिसूचक घटेर बन्द, कारोबार रकम पनि घट्यो
काठमाडाैं, ८ असाेज । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। यस दिन सोमबार नेप्से परिसूचक ५.८९ अंक घटेर २००४.४५ विन्दुमा झरेको हाे। यस दिन सेन्सेटिभ इण्डेक्स १.९४ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.४२ अंक घटेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। यस दिन २८४ स्टकको ७८ हजार ४२१ पटकको कारोबारमा १ अर्ब ५६ करोड ५५ लाख रुपैयाँ बराबरको ६५ लाख १६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
नेप्से घटेपनि यस दिन तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन माई खोला हाइड्रोपावर, एशियन हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
यस दिन दुई स्टकको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन शुभम् पावर र थ्रीस्टार हाइड्रोपावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
कारोबार रकमका आधारमा यस दिन सन नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको यस दिन ७ करोड ६८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको साढे ६ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये यस दिन दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको छ।