मंगोलियाविरुद्ध नेपालकाे कीर्तिमानी विजयी

काठमाडौं, १० असाेज । १९औँ एसियाली खेलकुद अन्तर्गत मंगोलियाविरुद्धको खेलमा नेपालले कीर्तिमानी विजयी हात पारेकाे छ । नेपालले २७३ रनको कीर्तिमानी जित हासिल गरेको हाे ।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा यो अहिलेसम्मकै फराकिलो जित हो । यसअघि चेक गणतन्त्रले टर्कीमाथि २५७ रनको जित हात पारेर रन अन्तरको हिसाबमा सबैभन्दा फराकिलो जितको विश्व कीर्तिमान बनाएको थियो ।

झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट मैदानमा नेपालले दिएको ३१५ रनको लक्ष्य पछ्याएको मंगोलिया १३.१ ओभरमा ४१ रनमै अलआउट भयो । नेपालका लागि करण केसी, अविनाश बोहरा र सन्दीप लामिछानेले २–२ विकेट लिए ।

मंगोलियाका एक ब्याट्सम्यानले मात्रै दोहोरो अंकमा रन जोड्न सके ।