नेप्सेमा पुनः गिरावट, कारोबार रकम पनि घट्यो
काठमाडाैं, १० असाेज । बुधबार नेप्से परिसूचक पुनः घटेर बन्द भएको छ । यस दिन नेप्से परिसूचक १८.६० अंक घटेर २००४.३० विन्दुमा झरेको हाे ।
यस दिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन २ अर्बभन्दा बढीको शेयर कारोबार भएको बजारमा यस दिन २८२ स्टकको ५८ हजार ३६७ पटकको कारोबारमा १ अर्ब ८१ करोड ४३ लाख रुपैयाँ बराबरको ७० लाख ६१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.९० प्रतिशत बढेको छ। त्यस्तै, यस दिन एशियन हाइड्रोपावर र मोलुङ्ग हाइड्रोपावरको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ भने अप्पर लोहोरे खोला हाइड्रोपावरको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी बढेको छ।
यस दिन लक्ष्मी भ्यालु फण्ड २ को इकाई र शुभम पावरको शेयरमूल्य नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन कारोबार रकमका आधारमा सन नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। यस दिन सो इन्स्योरेन्सको ७ करोड ६२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.५१ प्रतिशत घटेको छ।