१९औँ एसियाली खेलकुद प्रतियोगिता

नेपालविरुद्ध भारतकाे तेस्रो विकेट गुम्याे, सन्दीपले लिए विकेट

काठमाडौं, १६ असाेज । १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा नेपालले भारतको तेस्रो विकेट लिएको छ ।

चीनमा जारी पुरुष क्रिकेटको क्वाटरफाइनलमा अहिले नेपालविरुद्ध भिडिरहेको भारतले तेस्रो विकेट गुमाएको हाे।

नेपालले तेस्रो विकेटका रूपमा जितेश शर्मा आउट भएका हुन् । उनको विकेट नेपाली बलर सन्दीप लामिछानेले लिएका हुन् ।

सन्दीपले उनलाई पाँच रनको व्यक्तिगत स्कोरमा आफ्नो बलिङमा आफैले क्याच गरे । भारतले तेस्रो विकेट गुमाउँदा १२.५ ओभरमा एक सय १९ रन बनाएको छ ।

सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले पनि एक एक विकेट लिए । भारतले एक सय ३ रन जोड्दा पहिलो विकेट गुमाएको थियो।