नेप्सेमा सामान्य सुधार
काठमाडाैं, १७ असाेज । बुधबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ।
यस दिन नेप्से परिसूचक ९.२४ अंक बढेर १९६७.९७ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.५१ अंक बढेको छ।
यस दिन २८४ स्टकको ५८ हजार ७४१ पटकको कारोबारमा १ अर्ब १८ करोड ९९ लाख ३१ हजार रुपैयाँ बराबरको ४३ लाख २३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहको परिसूचक बढेकाे छ । यस दिन बैंकिङ्ग उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ। यस दिन होटल तथा पर्यटन उपसमूह्को परिसूचक सर्वाधिक १.५२ प्रतिशत बढेको छ।
नेप्से सामान्य बढेपनि यस दिन मध्य भोटेकोशी जलविद्युत कम्पनीको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कम्पनीको शेयरमूल्य यस दिन २७ रुपैयाँ ६० पैसा बढेर ३०३ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, कारोबारमा आएको समता लघुवित्तको शेयरमूल्य यस दिन सर्वाधिक ६.६१ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन सिटिजन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको यस दिन ६ करोड ९३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।