चार दिनपछि नेप्सेमा सामान्य सुधार

काठमाडाैं, २४ असाेज । पछिल्लाे चार कारोबार दिनदेखि निरन्तर ओरालो लागिरहेको नेप्से बुधबार सामान्य अंककाे सुधार भएकाे छ ।

यस दिन नेप्से परिसूचक ५.१६ अंक बढेर १८९४.७६ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.७७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.३४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२२ अंक बढेको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। यस दिन २८६ स्टकको ५५ हजार १९७ पटको कारोबारमा १ अर्ब ८ करोड ८५ लाख रुपैयाँ बराबरको ३७ लाख ३३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सिटि होटल, माण्डु हाइड्रोपावर र हाथवे इन्भेष्टमेन्टको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

माण्डु हाइड्रोपावर र हाथवे इन्भेष्टमेन्ट यसै दिनदेखि कारोबारमा आएको हो। त्यसैगरी, यस दिन समता घरेलु लघुवित्त वित्तीय संस्था र सयपत्री हाइड्रोपावरको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबार रकमका आधारमा यस दिन माण्डु हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४ करोड ८० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन एनआईसी एशियाको साढे ३ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

१३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.८० प्रतिशत बढेको छ।