एसीसी मेन्स यु–१९ प्रिमियर कप

इरानलाई २७४ रनले हराउँदै नेपाल विजयी

काठमाडौँ, २५ असाेज । मलेसियामा जारी एसीसी मेन्स यु–१९ प्रिमियर कपमा इरानलाई २७४ रनले हराउँदै नेपाल विजयी छ बनेकाे छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४०.१ ओभरमा सबै विकेट गुमाएर ३५३ रन बनाएको थियो । ३५४ रनको विशाल लक्ष्य पछ्याएको इरानले ३०.५ ओभरमा सबै विकेट गुमाएर ७९ रन मात्रै बनायो ।

पहिलो इनिङमा नेपालका लागि कप्तान देव खनालले सर्वाधिक १०० रन हाने । खनालले ६० बलमा १२ चौका र ४ छक्काकाे मद्दतमा शतक पूरा गरेका हुन् ।

नेपालका लागि दिपक बोहोरले ६५, दीपक प्रसाद डुम्रेले ६९, दीपक कँडेलले २९, हेमन्त धामीले २३, आकाश चन्दले १९ र सुवास भण्डारीले १८ रन बनाए ।

इरानका लागि दद्राहमन रएसी र सल्मान निएजमान्दले तीन/तीन विकेट लिए । यस्तै जेइद राएसी र समान शेखीले समान दुई विकेट लिएका थिए ।

दोस्रो इनिङमा इरानका अमिर खोरसान्डले सर्वाधिक ३७ रन हाने । सबिर इब्राहिमिपुरले ११ रन बनाए भने अन्य खेलाडीले दोहोरो अंक बटुल्न सकेनन् ।

नेपालका लागि सुवास भण्डारी र दीपेश कँडेलले समान ३/३ विकेट लिए भने आकाश चन्द र हेमन्त धामीले समान दुई/दुई विकेट लिए ।