बागलुङमा आगलागीबाट जलेर एक जनाकाे मृत्यु
बागलुङ, २७ असोज । बागलुङमा आगलागीबाट जलेर एक जनाको मृत्यु भएको छ ।
गलकोट नगरपालिका–४ नुवाकोटस्थित रामबहादुर मल्लको ढुङ्गामाटोले बनेको गोठमा आगलागी हुँदा जलेर मृत्यु भएको हो ।
गए राति १ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिनुभयो ।
राति नै इलाका प्रहरी गलकोटको टोली आगो निभाउन घटनास्थलमा पुगेको थियो । आगो के कसरी लाग्यो भन्ने यकिन हुन नसकेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृतकको सनाखत हुन सकेको छैन ।