एसीसी यू-१९ मेन्स प्रिमियर कप : बहराइनले दियो नेपाललाई ७८ रनको लक्ष्य
काठमाडौं, २८ असाेज । एसीसी यू-१९ मेन्स प्रिमियर कपमा नेपालले बहराइनलाई ८८ रनको चुनौति दिएको छ। मलेसियाको बायोमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले ३७ दशमलव ५ बलमा अलआउट हुँदै ७७ रन बनायाे ।
९ दशमलव ५ ओभर बलिङ गरेका कंडेलले ८ ओभर मेडन राख्दै जम्मा चार रन दिएर ६ विकेट लिए। ८ ओभर बलिङ गरेका दुर्गेश गुप्ताले ८ ओभरमा २२ रन खर्चेर ४ विकेट लिए।
बहराइनका मोहम्मद बसिल अब्दुल हाकिमको ३४ रन नै सर्वाधिक रह्यो। ७८ रनको लक्ष्यसहित नेपालले केहीबेरमा ब्याटिङ गर्नेछ।
