नेपालले टस जितेर फिल्डिङ रोज्यो
काठमाडौं, १ कार्तिक । नेपालले टस जितेर फिल्डिङ रोजेको छ । मुलपानी क्रिकेट मैदानमा भइरहेकाे त्रिकोणात्मक श्रृखला अन्तरगत नेपाल र यूएईबीच अहिले केहीबेरमा टि-२० क्रिकेट खेल सुरु हुँदैछ ।
आज नेपालीका श्याम (मौसम) ढकालले डेब्यू गर्ने भएका छन् । सन्दीप लामिछानेले प्रतियोगिताबाट नाम फिर्ता लिएपछि उनले अवसर पाएका हुन् ।
उनले विगत ८ महिनायता नेपालको राष्ट्रिय टिमसँग प्रशिक्षण गरिरहे पनि डेब्युको मौका पाएका थिएनन् ।
नेपालको प्लेइङ ११ मा रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, करण केसी, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, गुल्सन झा, अभिनाश बोहोरा र श्याम ढकाल (मौसम) छन् ।