एसीसी यू-१९ प्रिमियर कप : साउदीलाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश
काठमाडौं, २ कात्तिक । मलेसियामा जारी एसीसी यू-१९ प्रिमियर कपमा साउदी अरबलाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।
नेपालले साउदी अरबलाई ३०१ रनको फराकिलो अन्तरले पराजित गरेकाे हाे । ३४८ रनको विशाल लक्ष्य पछ्याएको साउदी अरब १९.१ ओभरमा ४६ रन बनाएर अलआउट भए ।
नेपाल समूह एको विजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । अब नेपालले सेमिफाइनलमा समूह डीको विजेतासँग खेल्नुपर्नेछ ।
नेपालका लागि दिपेश कंडेलले ६, आकाश चन्दले २ र शुवास भण्डारीले एक विकेट लिए । यसअघि मलेसियाको युएसडी-युकेएम ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ८ विकेट गुमाएर ३४७ रनको विशाल योगफल बनाएको थियो ।
नेपालका लागि अर्जुन कुमालले शतकीय पारी खेले । उनी १४२ रनबनाएर आउट भए । अर्का ब्याटर आकाश त्रिपाठीले ८९ रनको महत्वपूर्ण योगदान गरे भने ओपनिङमा आएका दीपक बोहोरा २९ रन बनाए ।
कप्तान देव खनाल शून्य रनमै आउट भए । दीपकप्रकाश डुम्रे १४ रनमा आउट भए । मिलन बोहरा ९ रन र दीपेश कंडेलले १४ रन बनाए । विशालविक्रम केसी २४ रनमा अविजित रहे ।